रुस र इरानबीच नयाँ ग्यास सम्झौता सम्पन्न

रुस र इरानबीच नयाँ ग्यास सम्झौता सम्पन्न

केन्द्रबिन्दु
30
Shares

मस्को । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ । रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् ।

इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

युक्रेनको आक्रमणका क्रममा इरान रुसको प्रमुख सहयोगीका रुपमा उदाएको छ । मस्को र तेहरान दुवैलाई पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएका छन् ।

पाकनेजादले इरान र रूसबीच ग्यास आपूर्तिका लागि एक नयाँ सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्दै भने, “सम्झौता अनुसार अब रूसबाट इरानले पहिलो चरणमा एक वर्षमा ५५ अर्ब क्यूबिक मीटर ग्यास आयात गर्नेछ ।”

दुई देशलाई छुट्याउने अजरबैजानमार्फत ग्यास पठाइने उनले बताए ।

रूसका सिभिलेभले मूल्य निर्धारण भइनसकेको तर यसै वर्षदेखि ग्यास ढुवानी सुरु हुने बताए । रूस र इरानले यसै वर्ष रणनीतिक साझेदारीका लागि अर्को एक स्म्झौतामा पनि हस्ताक्षर गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिइरहेका बेला ग्यास सम्झौता भएको हो ।

अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेकै दिन इरानी मन्त्री सम्झौताका लागि मस्को भ्रमणमा थिए । यसैबीच, किएभ र पश्चिमा देशहरूले इरानले युक्रेनको आक्रमणका लागि मस्कोलाई हतियार पठाउन लागेको बताएका छन् ।

Skip This
Skip This
Logo