लेक लागेर तीर्थालुको मृत्यु

लेक लागेर तीर्थालुको मृत्यु

केन्द्रबिन्दु
18
Shares

मुस्ताङ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार लेक लागेर स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको मृत्यु भएको हो । उनको प्रदेश अस्पताल जोमसोममा आज मृत्यु भएको हो ।

स्याङ्जाबाट मुक्तिनाथ दर्शन तथा कागबेनीधाममा श्राद्ध गर्ने उद्देश्यले २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउँदै गरेका थिए । स्याङ्जाबाट म्याग्दी हुँदै मुस्ताङ आउने क्रममा मुस्ताङको मार्फा आइपुग्दा गाहालाई लेक लागेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रदेश अस्पताल भर्ना गरिएको थियो ।

Skip This
Skip This
Logo