काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा आजदेखि शुरु भएको छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित भएको साधारणसभा आजदेखि शुरु भएको हो ।
महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई दिनेछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्नेछन् ।
महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा यस पटक व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् । दुई प्रतिस्पर्धी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान मध्ये आज हामीले ढकालसँग कुराकानी गरेका छौं ।
ढकालले भने, ‘हामी तीनवटै समूहमा लिड गर्दैछौं, यसैले हामी मंसिर १३ को पर्खाइमा छौं । अहिलेसम्म जिल्लानगरका साथीहरुले ८० देखि ८५ प्रतिशत मतको आँकलन गर्नु भएको छ भने वस्तुगत र एशोसिएटमा पनि हामी ८० प्रतिशतभन्दा माथि नै छौं । हाम्रो समूहको जीत सुनिश्चित छ र निर्वाचन परिणामको पर्खाइमा छौं । त्यसकारण हामी उत्साहित छौं ।’
उनीसँग गरिएको थप कुराकानी हेरौं यो भिडियोमा :































प्रतिक्रिया