पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न संसदमै उठ्यो माग

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न संसदमै उठ्यो माग

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तत्काल कारबाही हुनुपर्ने माग राखेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले यो कानूनी राज्यमा ‘श्री५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ लेखी विज्ञप्ति जारी भएको भन्दै तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।

पूर्वराजा शाहले भारतको जम्बु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति शनिबार समवेदना सन्देश जारी गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसमा लेखिएको ‘श्री५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’प्रति सांसद गैरेले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘नेपालको आजको संविधानमा श्री५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव भन्ने कहाँ छ ? यो लेख्न कसरी सकिन्छ ?’ उनले भने ।

Skip This
Skip This
Logo