ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन -सांसद कार्की

ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन -सांसद कार्की

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद कार्कीले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।

उनले भने, ‘शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरुलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु । आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ । ओली सरकारमै रहेका महत्वपूर्ण नेताहरुले सार्वजनिक रुपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन् । चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन ।’

साथै सांसद कार्कीले सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको बताए । उनले लाखौं विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको बताए ।

Skip This
Skip This
Logo