केएमसी अस्पतालले शिक्षक आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने

केएमसी अस्पतालले शिक्षक आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलले काठमाडौंमा जारी शिक्षक आन्दोलनको क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।

अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यो कदम चालिएको जानकारी दिएका हुन् । यद्यपी उपचारको क्रममा लाग्ने औषधि र औषधीजन्य सामग्री सम्बन्धित व्यक्ति स्वयंले प्रबन्ध गर्नुपर्ने कुरा पनि स्पष्ट पारिएको छ।

देशभरका शिक्षकहरूले विद्यालय शिक्षा ऐन कार्यान्वयन र विगतका सहमतिहरू पालना गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्। यस आन्दोलनका क्रममा बेलाबेलामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही व्यक्तिहरू घाइते भएका छन्।

आजै मात्र नयाँ बानेश्वरमा भएको प्रदर्शनमा दर्जनौं शिक्षक, प्रहरी र पत्रकारसमेत घाइते भएका छन् । नेपाल शिक्षक महासंघले घाइते शिक्षकहरूको संख्या ६१ रहेको दाबी गरेको भए पनि प्रहरीले भने कम संख्या पुष्टि गरेको छ। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Skip This
Skip This
Logo