मण्डनदेउपुर , काभ्रे

जिल्लाको मण्डनदेउपुर नपा १० स्थित जोगिटारमा ०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षति भएको स्थानिय राम-सीताको मन्दिर पूनर्निर्माणका लागि आयोजना गरिएको देउसीभैलो कार्यक्रममा करिव ८ लाख संकलन भएको छ । "/>

मन्दिर पूनर्निर्माणका लागि मण्डनदेउपुरमा देउसीभैलो : ८ लाख संकलन

मन्दिर पूनर्निर्माणका लागि मण्डनदेउपुरमा देउसीभैलो : ८ लाख संकलन

केन्द्रबिन्दु
0
Shares

मण्डनदेउपुर , काभ्रे

जिल्लाको मण्डनदेउपुर नपा १० स्थित जोगिटारमा ०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षति भएको स्थानिय राम-सीताको मन्दिर पूनर्निर्माणका लागि आयोजना गरिएको देउसीभैलो कार्यक्रममा करिव ८ लाख संकलन भएको छ ।

तिहारको सन्दर्भ पारेर यहाँ सामुहिक देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । जोगिटारका स्थानिय युवाहरुको सक्रियतामा गरिएको सो कार्यक्रमलाई नगरप्रमुख टोक बहादुर वाइवाले उद्घाटन गरेका थिए । सो अवसरमा नगरपालिकाले मन्दिरको लागि ३ लाख सहयोग गर्ने प्रमुख वाइवाले बताए ।

सो कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका २२० जना भन्दा वढी दाताहरु मार्फत ७ लाख ९५ हजार ४७१ नगद संकलन भएको मन्दिर निर्माण समितीका अध्यक्ष नारायण नेपालले जानकारी दिए । व्यक्तिगत रुपमा जोगिटारबाटै हाल अमेरिकामा रहेका शंकरमणि नेपालले १ लाख , पंडित नेत्र प्रसाद नेपालले ५० हजार तथा प्रमोद नेपालले २० हजार सहयोग गरेका थिए । यस्तै अन्य सहयोगमा नगरप्रमुख वाइवाले ५ हजार ५ सय तथा वडाध्यक्ष विष्णुमणि नेपालले ५ हजार १ सय सहयोग गरेका थिए ।

मन्दिर निर्माणका लागि यति मात्र रकमले अझै नपुग हुने भएकाले अन्य दाताहरुसँग पनि सहयोगका लागि अनुरोध गरिएको छ । अहिले सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद दिंदै सबैको सहयोगले नै मन्दिर निर्माण सम्भव हुने र यसका लागि इच्छुक महानुभावलाई सकेको सहयोग गर्नु हुन मन्दिर निर्माण समितीले सबैलाई आग्रह गरेको छ ।

Skip This
Skip This
Logo