सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा फरार निज राईलाई अदालतबाट तीन दिन म्याद थप अनुमति प्राप्त भई अनुसन्धान सुरु गरिएको छ ।”

जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–१० शिवमन्दिर कपनबाट शनिबार राति राईलाई नियन्त्रणमा लिएको प्रवक्ता बोहराले बताए ।

Skip This
Skip This
Logo