आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
246
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

आइतबार सुनको मूल्य तोलामा एक लाख ८९ हजार सात सयमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घको भनाइ छ ।

Logo