काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी एकीकरण हुँदैछ । एकता सभामा सहभागी हुन पुगेका चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
एकीकरणपछि बन्ने पार्टी नागरिक जनमतको संरक्षकमा रेशम चौधरी रहने समझदारी रहेको थियो । त्यस्तै, पार्टीका अध्यक्ष सिके राउत रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् ।































प्रतिक्रिया