हामी र हाम्रो समाज अहिले आलस्यलाई पालेर बसेका छौँ । आलस्यको कारणले गर्दा नै हामीहरु घरमै तयार पार्न सक्ने कुराहरु पनि बजारबाट नै किनेर ल्याउने गर्छौँ तर यसबाट हामी आफैलाई कति असर पर्छ भन्ने कुरा सोच्दैनौ जसको कारणले हामीलाई हरेक क्षेत्रमा धेरै असर पारिराखेको हुन्छ ।
हामी अहिले अल्छी गरेर समयलाई ठगिराखेका छौँ भन्ने सोचेर बस्छौँ तर समयले हामीलाई कति ठगिरहेको छ भन्ने कुरा सोच्दैनौ । तर हामीले त्यहि कुरालाई ध्यानमा राखेर अगाडि बढ्यौँ भने हामीलाई त्यसले धेरै फाइदा पुग्ने गर्छ ।
हामीले बजारबाट किनेर ल्याउने मिठाइका अधिकांश परिकारहरु घरमा नै बनाउन सक्छौँ । कसरी बनाउने त बजारमा पाइने मिठाइका परिकारहरु घरमै बसेर ?
हेर्नुहोस् भिडियो रिपोर्ट





























प्रतिक्रिया