काठमाडौँ
अन्तरराष्ट्रिय अपराधिका रुपमा कुख्यात चाल्स गुरुमुख शोभराज बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।
शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण माग गरेको छ । सुन्धारास्थित जगन्नाथ देवल कारागारबाटै शोभराजले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।
कर्तव्य ज्यान सम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन् । २०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो । सर्वोच्चको अन्तिम फैसला अनुसार २० बर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ ।
कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले वन्दीप्रत्यक्षीकरण रिट दिएका हुन् । उनले आफू ७० बर्ष नाघेकाले बाँकी सजाय छुट पाउनु पर्ने माग गरेका हुन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया