कतारमा नेपालीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड–२०२५’

कतारमा नेपालीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड–२०२५’

केन्द्रबिन्दु
78
Shares

सिरहा । कतारमा एक नेपाली चेलीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड–२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीले यो अवार्ड प्राप्त गरेको हो ।

कतारको राजधानी दोहामा बुधबार साँझ आयोजित सीएसआर सम्मिटका अवसरमा सीएसआर प्रमुख डा. सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयलगायतले यो पुरस्कार वितरण गर्छ ।

सीएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याउने कम्पनी तथा संस्थाहरूलाई प्रदान गरिन्छ । योसँगै यासमिनको यो कम्पनी सीएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको संस्था बनेको छ ।

यासमिनको कम्पनीले कतारमा रहेका नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायतका देशका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूलाई सशुल्क तथा निःशुल्क रूपमा सिपमुलक र वृत्ती विकासका लागि तामिल प्रदान गर्ने काम गर्दै आएको छ ।

यो अवार्ड आफ्नो कम्पनीको मात्र नभइ नेपालकै लागि गर्वको विषय भएको यासमिन बताउँछिन् । ‘हामीलाई विदेशमा हेर्ने दृष्टिकोण फरक छ, तर यसले हामी पनि अब्बल, सक्षम अनि सबै कुराको हकदार हौं भन्ने कुराको संदेश दिएको छ, यो नेपालकै लागि गर्वको विषय लाग्छ ।’

Skip This
Skip This
Logo