विश्वप्रसिद्ध सिनामन रोल्स अब काठमाडौं उपत्यकामै

विश्वप्रसिद्ध सिनामन रोल्स अब काठमाडौं उपत्यकामै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ललिपालो सिनामन रोल्सका लागि विश्वभर चर्चित बेकरी ब्रान्ड सिन्नाबोन अब नेपालमा औपचारिक रुपमा प्रवेश गर्ने भएको छ ।

यो ब्रान्डले आफ्नो पहिलो शाखा सानेपा, ललितपुरमा खोल्न लागेको हो । जहाँबाट सिन्नाबोन क्लासिक रोल्स, मिनीबोन्स, साथै विभिन्न स्वादिष्ट पेय पदार्थहरू र बेक गरिएका परिकारहरू प्रस्तुत गरिनेछ। ५० भन्दा बढी देशहरूमा उपस्थिति रहेको सिन्नाबोनले विश्वभरका ग्राहकहरूलाई आफ्नो लोभलाग्दो सुगन्ध र स्वादले मोहित बनाउँदै आएको छ । अब नेपाल पनि सिन्नाबोनको यो विश्वव्यापी परिवारमा सामेल हुँने कम्पनीले जनाएको छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (जेजीआई)ले यो प्रतिष्ठित ब्रान्डलाई नेपालका बढ्दो खाद्य तथा रेस्टुरेन्ट क्षेत्रमा प्रस्तुत गर्न लागेको हो ।

नेपाली उपभोक्ताहरूले विश्वव्यापी स्वादहरू र उच्चस्तरीय डेजर्टप्रतिको सराहना बढाउँदै गएका बेला सिन्नाबोनले आत्मसात् गरिने र सान्त्वनादायी स्वादहरू प्रदान गर्दै एक प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

‘हाम्रो टोली सिन्नाबोनलाई नेपालमा ल्याएर यसको विश्वप्रसिद्ध स्वादहरू नेपाली उपभोक्ताहरूसामु प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छ,’ जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, ‘हामीलाई विश्वास छ कि सिन्नाबोनका स्वादिष्ट बेक गरिएका परिकारहरू नेपाली फुड लभर्सका लागि प्रिय बन्नेछन् ।’

यसैगरी गो टु फुड्स इन्टरनेशनलका एसिया प्यासिफिक वरिष्ठ उपाध्यक्ष स्टीवन याङले भने, “सिन्नाबोनलाई नेपालमा ल्याउनु केवल नयाँ स्थान खोल्नु मात्र होइन, यो एउटा अनुभव, एक विशेष स्वाद बाँड्ने कुरा हो ।”

सिन्नाबोन भनेको सम्झनाहरू सिर्जना गर्नु भएको उनको भनाई छ । उनले भने, “हामी बेसब्रीका साथ पर्खिरहेका छौं, कहिले नेपाली जनताले हाम्रो प्रसिद्ध परिकारहरूलाई आफ्नो दैनिकी वा विशेष उत्सवको हिस्सा बनाउनेछन्।”

नेपालको पहिलो सिन्नाबोन बेकरीले एक न्यानो र स्वागतयोग्य वातावरण प्रदान गर्नेछ, जहाँ पाहुनाहरूले ताजा बेकिङको जादू अनुभव गर्न सक्नेछन् र ब्रान्डका प्रमुख सिनामन रोल्स र पेय पदार्थहरूको मजा लिन सक्नेछन्।

ग्राहकहरूले निम्न परिकारहरू पाउनेछन्ः

सिन्नाबोन क्लासिक रोल – ताजा बेक गरिएको प्रसिद्ध रोल, गाढा क्रिम चीज फ्रस्टिङसहित।

मिनीबोन रोल्स – सानो आकारको क्लासिक रोल, छोटो मिठो बाइटको लागि उपयुक्त।

चिल्लाटा र कफी पेय पदार्थहरू – ताजगी दिने फ्रोजन ड्रिङ्क्स र प्रिमियम कफीहरू, बेक गरिएका परिकारहरूका लागि उपयुक्त साथ।

स्वादको परम्परा

१९८५ मा स्थापना भएको सिन्नाबोनले विश्वभर ताजा बेक गरिएका सिनामन रोल्सको आनन्द फैलाउँदै आएको छ। संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, भारत, बंगलादेश लगायत विश्वका अन्य ठाउँहरूमा यसको उपस्थिति रहेको छ। अष्ट्रिया, ब्राजिल र स्विडेन जस्ता देशहरूमा यसले अन्तर्राष्ट्रिय लोकप्रियता हासिल गरिसकेको छ।

सिन्नाबोन नेपालको पहिलो शाखा चाँडै सानेपामा खोलिँदैछ, जुन काठमाडौं उपत्यकाको केन्द्रमा पर्छ। यसलाई विशेष बनाउन, ब्रान्डले उद्घाटन समारोह आयोजना गर्दैछ, जहाँ विशेष अफर, उपहार तथा पहिलो ग्राहकहरूका लागि रोमाञ्चक प्रमोशनहरू उपलब्ध हुनेछन्।

Skip This
Skip This
Logo