स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । "/>

गोरस: क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

गोरस: क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

केन्द्रबिन्दु
0
Shares

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । 

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभएको छ । 
सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्यूनीकरण भएको एक शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले पनि भैँसीको दूधमा लोङ्चन नामक चिल्लो पदार्थ बढी हुने र उक्त चिल्लो नसामा जम्ने भएकाले हृदयाघातको समस्या देखार्ने तथ्य सिद्ध गरेको छ । 

“गाईको दूध छातीका रोगीका लागि बरदान सावित भएको छ । गाईको गहुँतमा पनि अमेरिकाले अनुसन्धान गरी पाँच प्रकारका औषधिको ‘पेटेन्ट राइट’ लिएको र भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिका लागि ‘पेटेन्ट राइट’ लिएको गोब्रती योगी सोमराज बताउछन् । 

गाईको घ्यूमा पनि उत्तिकै औषधीजन्य गुण छ । यस्तो घ्यूले हबन गर्दा ‘प्रोपिलिन अक्साइड’, ‘इथिलिन अक्साइड’, ‘फारमेलडी हाइड ग्यास’ निस्किन्छ । ‘प्रोपिलिन अक्साइड’ ले वर्षा गर्न सहयोग पु¥याउँछ । ‘इथिलिन अक्साइड’ र ‘फारमेलडी हाइड’ ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्ने भएकाले गाईको घ्यूको महत्व बढेको हो । राष्ट्रिय जनावर भएर पनि गाईको बिनासको क्रम बढेकाले अहिले नेपालमा वृहत् अभियान नै शुरु गरिएको छ । नागरिकस्तरबाट शुरु गरिएको यो अभियानमा दिन प्रतिदिन सहभागिता बढ्न थालेको छ । 

सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि राम्रो नभएको वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भइसकेको अभियानकर्ताले बताएका छन् । शास्त्रमा भनिएको छ, “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु विकासे हुन् । 

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लागेका सोमराज बताउछन् । 

स्थानीय गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र ‘सेरी ब्रोसाइड’ नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पु¥याउँछ । 

इटालीमा प्रा जि ई विङ्गेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गर्नुभएको छ । नपुङ्सकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गाैलाले काम नगर्नेजस्ता समस्या आधुनिक कृषि प्रणालीका उपज हुन् । गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट यस्ता रोग नलाग्ने भएकाले पछिल्लो समय युरोप र अमेरिकालगायत अन्य शहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ । 

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् । 

“हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए यस विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन तथा अनुसन्धान गर्दैछन्, यस्ता गुणले भरिएको गाई दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कार्यक्रममा गोदान अर्थात् गाई दानको विधि रहेको हो”उहाँ भन्नुहुन्छ । 

यस किसिमको महत्व भएको राष्ट्रिय जनावर गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक प्रयास हुँदै आएकाले यसविरुद्धको अभियानमा आफु पनि लागेको पूर्व सांसद शङ्कर पाण्डे बताउछन् । “के बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ, के अब यी सब हुन दिइरहने ?” –उनले जोड दिए । 

गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गाई पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे अर्थात् गोरु रहन गएको र धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ हुन गाएको बताइन्छ। 

यही भूिममा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बने । धेरै गाई पाल्ने गोपालवंशी राजाहरुले समेत यही भूमिमा शासन चलाएका थिए । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखानाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको र गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो । 

यसैले शास्त्रमा भनिएको छ 

 
यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । 
धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।।” 

अर्थात् जसले गाई, देवता, वेद, साधु र धर्ममा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन । 

पञ्चगव्य उपचार पद्धति 

स्थानीय गाईको पञ्चगव्य (दूध, दही, घिउ, गहुँत र गोबर) का माध्यमबाट हुने चिकित्साको तुलना विश्वका कुनै पनि चिकित्सा प्रणालीसित हुन नसक्ने वैज्ञानिक अध्ययन अनुसन्धानबाटै प्रमाणित भएको छ । यस चिकित्साले मधुमेह, उच्च रक्तचाप, बाथ, दम, युरिक एसिड, चर्म रोग र अर्थराइटिस जस्ता रोगमा समेत लाभ हुन्छ । 

‘मास्टर डिप्लोमा इन पञ्चगव्य थेरोपी’मा चेन्नई दक्षिण भारतबाट पञ्चगव्य चिकित्सा अध्ययन गर्नुभएका गोव्रती योगी यस्ता रोगमा पञ्चगव्य चिकित्सा बरदान सावित भएको बताउनुहुन्छ । यसैले देशभरका गौशालामा पञ्चगव्य चिकित्सा पद्धति पुनःस्थापना गर्न लागिएको उनको भनाइ छ । 

पञ्चगव्य चिकित्साको दक्षिण भारतको चेन्नईमा प्राज्ञिक अध्ययन अध्यापन हुने तर अन्यत्र भने प्रशिक्षण मात्र दिने गरिएको छ । नेपालमा अध्ययन अध्यापन त परै जावस् अहिलेसम्म प्रशिक्षण समेत भएको छैन । पञ्चगव्य चिकित्साको उपचार भने काठमाडौँस्थित नयाँसडकमा रहेको कल्याण आयुर्वेद केन्द्रमा शुरु भएको छ । 

भारतबाटै अध्ययन गरी आएकाले अहिले यस केन्द्रमा पञ्चगव्य चिकित्साबाट उपचार गरिरहेको केन्द्रका सञ्चालक महेश मोदी बताउछन् ।

Skip This
Skip This
Logo