प्रदेश ३ का निबर्तमान पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलमाथि गम्भीर आरोप लगाएका छन्। बर्खास्तीमा परेका स्थापितले मुख्यमन्त्री पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भीर आरोप लगाएका हुन् ।
मंगलबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा उनले तिहारपछि पौडेलविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए । “डोरमणि पौडेलले प्रदेशको अवधारणपत्र एसिया फाउन्डेसनको लगानीमा बनायो । एसिया फाउन्डेसन सीआईएको संस्था हो । डोरमणिको सीआईएसँग साँठगाँठ गरेको देखियो । परराष्ट्र र अर्थको स्वीकृतिबिना अवधारणा कसरी बनाउने भनेर सहयोग लिएका छन् । त्यस्तो व्यक्ति कसरी नेकपाको नेता हुन सक्छ ?”
स्थापितले पौडेलको भैंसेपाटीमा रहेको कार्यालयको पनि डेकोरेसन समेत सोही सस्थाले गरेको आरोप लगाए । पौडेलले राजा ज्ञानेन्द्रको पारामा हप्काएपछि आफुले पनि चर्को स्वर मा जवाफ दिएको बताएका छन् । ”राजा ज्ञानेन्द्रसँग त डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?,” उनले प्रश्न गरे ।
अहिले तिहार मनाउन दिउँ भनेर चुप लागेको बताउदै स्थापितले भने, “तिहारपछि प्रतिवाद सुरु हुन्छ ।” “उहाँ अष्टलक्ष्मीकहाँ गएर मलाई पूर्वाधारमन्त्री बनाउनु भन्नुहुन्थ्यो । एउटा कुनाको मान्छेलाई ल्याएर मुख्यमन्त्री बनायौं । तर अहिले उहाँले उपत्यकालाई बेवास्ता गर्नुभएको छ । अब उहाँ टिक्न सक्नुहुन्न ।”































प्रतिक्रिया