किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला, प्रकृतिकै होस्टेलमा बस्थिन्

किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला, प्रकृतिकै होस्टेलमा बस्थिन्

केन्द्रबिन्दु
174
Shares

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की एक नेपाली छात्रा पनि मृत अवस्थामा फेला परेकी छिन्।

घटनास्थलमा पुगेको इन्फोसिटी प्रहरीका अनुसार मृत अवस्थामा फेला पर्नेमा वीरगन्ज–१५ की प्रिसा साह हुन् । उनको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो। प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालयमा गएकी थिइन् ।

घटनाको कारण खुलिसकेको छैन ।

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्, जुन घटनाले तहल्का नै पिटेको थियो । उनै लम्साल बस्दै आएको होस्टेलमा प्रिसा पनि बस्दै आएकी थिइन्।

Skip This
Skip This
Logo