१३ क्विन्टल फूलले सजिएकाे केदारनाथ धामको ढोका आजदेखि खुल्ने

१३ क्विन्टल फूलले सजिएकाे केदारनाथ धामको ढोका आजदेखि खुल्ने

केन्द्रबिन्दु
27
Shares

रुद्रप्रयाग, उत्तराखण्ड । केदारनाथ धामको ढोका शुक्रबारदेखि खुल्ने भएकाे छ। त्यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको बताइएकाे छ ।

प्रहरी उपरीक्षक अक्षय प्रह्लाद कोन्डेले भक्तजनको सुरक्षा आफूहरुको प्राथमिकता भएको बताए । “यो यात्रा यति ठूलो मात्रामा छ कि हाम्रो प्राथमिकता भक्तजनको सुरक्षा हो। सुरक्षा र व्यवस्थापन दुवै प्रयोजनका लागि उचित सुरक्षाकर्मी परिचालन गरिएको छ,” उनले भने ।

प्रमुख कार्यकारी अधिकृत बद्री केदार मन्दिर समितिका प्रमुख कार्यकारी अधिकृत विले थपलियालले भने, “बाबा केदारनाथ धामको ढोका खुल्ने शुभ दिन हो । यसपालि हामीले भव्य तयारी गरेका छौँ ।”

केदारनाथ धामको ढोकाका रुपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको छ । बाबा केदारनाथको मूर्ति मे १ मा केदारनाथ धाममा आइपुगेपछि मे २ बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्नेछ ।

यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा सुरु भएको छ।

हेलिकप्टर अपरेटर पवन राणाले भने, “आईआरसीटीसीमा अनलाइन टिकट उपलब्ध छ, अफलाइन टिकट जिल्ला मजिस्ट्रेट वा सेक्टर मजिस्ट्रेटमार्फत प्राप्त गर्न सकिन्छ। हामी दैनिक २० देखि ३० उडान सञ्चालन गर्छौं र यसबाट १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिनेछौँ।”

उनले उडान सञ्चालन मौसमको अवस्थाको अधीनमा रहेको बताए । उनले भने, “मौसम सफा भयो भने दैनिक २५ देखि ३० वटासम्म उडान गर्न सकिन्छ । खराब मौसमको अवस्थामा टिकट रद्द गरी पैसा फिर्ता गरिनेछ । यात्री सुरक्षा प्राथमिकता छ। सुरक्षा व्यवस्था मिलाइएको छ र हरेक यात्रुलाई उडान गर्नुअघि उचित जानकारी दिइनेछ।

दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको राणाले जानकारी दिए । -एएनआई

Skip This
Skip This
Logo