काठमाडौं । सरकारले याे वर्ष पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवमा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गरिने बताएका हुन् ।
विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए ।
विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनकाे भनाइ थियाे ।































प्रतिक्रिया