पद्मरत्न तुलाधरलाई श्रद्धाञ्जली दिन को को पुगे लाजिम्पाट ? (भडियोसहित)

पद्मरत्न तुलाधरलाई श्रद्धाञ्जली दिन को को पुगे लाजिम्पाट ? (भडियोसहित)

केन्द्रबिन्दु
0
Shares

आईतबार निधन हुनु भएका पूर्व मन्त्री एवम् वरिष्ठ बामपन्थी नेता पद्मरत्न तुलाधरको पार्थिव सरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा राखिएको छ ।

मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउने क्रममा आईतबार दिउँसो निधन भएका उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनकै निवासमा राखिएको हो ।

स्वर्गीय तुलाधरलाई सोमबार विहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाहरुले निवासमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । केहीबेरपछि शोभाभगवतीमा लगेर उनको अन्त्यष्टि गरिनेछ ।

 

Skip This
Skip This
Logo