काठमाडौँ
भारतीय राष्ट्रिय कांग्रेस ( कांग्रेस–आई ) ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।
कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दैछ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।
नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानल मार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।
भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक धारलाई नेपालले साथ दिएको गुनासो सहित उसले यस्तो सन्देश प्रवाह गरेको हो । सरकारले भारतसँग भन्दा पनि दलसँग सम्बन्ध राख्न खोजेझैं देखिएको भन्दै यसमा सचेत रहनुपर्ने उसले बताएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणको सन्दर्भलाई कोट्याएर उसले यस्तो धारणा राखेको हो । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदी नेपाल आएका थिए । त्यस समयमा नेपाल भ्रमण गर्दै मुक्तिनाथबाट गरिएको टेलिभिजन ‘लाइभ’ प्रति इंगित गर्दै यस्तो धारणा आएको हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया