फुडमाण्डुको सेवा विस्तारः ‘मध्यरात्री फुड डेलिभरी सेवा’ सञ्चालनमा

फुडमाण्डुको सेवा विस्तारः ‘मध्यरात्री फुड डेलिभरी सेवा’ सञ्चालनमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्री फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । यस ‘मध्यरात्री फुड डेलिभरी सेवा’ मार्फत ग्राहकहरुले राती १२ः०० बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् ।

यस सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “हामी हाम्रा ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरु पनि थप गर्दै गइरहेका छौं । हामीले हाम्रा ग्राहकहरुको आवश्यकता बुझेर मध्यरात्री फुड डेलिभरी सेवा थप गरेका हौँ।”

शुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रहरुमा उपलब्ध छ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरुमा काठमाडौंको अन्य ठाउँहरुमा पनि यो सेवा उपलब्द हुने कुरा कम्पनीले जनाएको छ ।

२०१० मा स्थापना भएको फुडमाण्डु नेपालकै पहिलो र सबैभन्दा लोकप्रिय खाना डेलिभरी कम्पनी हो। हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका १००० भन्दा बढी रेस्टुरेन्टहरूमार्फत खाना डेलिभर गर्दै आएको छ। साथै, फुडमाण्डु वानमार्टमार्फत ग्राहकहरूलाई आवश्यक पर्ने दैनिक सामग्रीहरू पनि तुरुन्तै डेलिभरी गर्ने सेवा प्रदान गर्दै आइरहेको छ।

Skip This
Skip This
Logo