अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ । "/>

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 

Logo