काठमाडौं । नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन भएको छ । मानवअधिकारकर्मी समेत रहेका तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो उनका परिवारका सदस्य तथा मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो ।
पूर्वराजनीतिज्ञ समेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।































प्रतिक्रिया