काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले अंक बाँडेका छन् । गएराति भएको खेल वर्षाले विथोलिएपछि स्थगित गरिएको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो । दिल्ली क्यापिटल्सका लागि ओपनरद्वय करुण नैर शून्यमै आउट हुँदा फाफ डु प्लेसिसले ३ रन मात्र जोड्न सके ।
मध्यक्रममा केएल राहुलले १४ रन बनाए भने अक्षर पटेलले ६ रन जोडे । स्टब्सले अविजित ४१ रनको महत्त्वपूर्ण पारी खेले । विपराज निगमले १८ रन र आशुतोष शर्माले पनि ४१ रनको योगदान दिए ।
सनराइजर्स हैदराबादका बलरहरूले कसिलो बलिङ गरे । कप्तान प्याट कमिन्सले महत्त्वपूर्ण ३ विकेट लिएका थिए ।
दिल्ली क्यापिटल्सले १३३ रन बनाए पनि त्यसपछि खेल हुन सकेन र नतिजाविहीन टुंगिएको छ ।
यस नतिजाले प्लेअफ होडमा रहेको दिल्ली क्यापिटल्सलाई धक्का लागेको छ । ११ खेलमा १३ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौं स्थानमा झरेको छ । यता हैदराबाद भने ७ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।































प्रतिक्रिया