काठमाडौं । इण्डियन आइडल सिजन–१२ का विजेता चर्चित गायक पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
सोमबार अमरोहामा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको नोएडाको फोर्टिस अस्पतालमा उपचार भइरहेको छ । उनी एमजी-हेक्टरमा उत्तराखण्डबाट दिल्ली जाँदै थिए। आइतबार राति करिब २ः ३० बजे गजरौला प्रहरी चौकी क्षेत्रको राष्ट्रिय राजमार्ग -९ मा रहेको सीओ कार्यालय अगाडि यो घटना भएको हो।
पवनदीपसँगै उनका साथी अजय मेहरा र चालक राहुल सिंह बौहर पनि घाइते भएका छन्। दुर्घटनामा कार पूर्णरूपमा क्षतविक्षत भएको थियो ।
अस्पतालबाट जारी गरिएको मेडिकल बुलेटिन अनुसार पवनदीपलाई सडक दुर्घटनापछि अर्थोपेडिक्स टोलीको हेरचाहमा भर्ना गरिएको छ। उनको शरीरका धेरै भाग भाँचिएका छन्। हाल उनको अवस्था स्थिर छ र उनी होसमा छन्। उनको चाँडै नै धेरै शल्यक्रियाहरू हुने बताइएको छ ।
पवनदीपको संगीत यात्रा सन् २०१५ मा ‘द भ्वाइस इण्डिया’ जितेपछि शुरू भएको थियो । त्यसपछि उनले ‘इण्डियन आइडल सिजन १२’ को उपाधि जितेका थिए । पवनदीप नेपालमाझ पनि निकै लोकप्रिय छन् । उनी केही वर्षअघि प्रस्तुतिका लागि नेपाल पनि आएका थिए ।































प्रतिक्रिया