इराक-लेबननबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड

इराक-लेबननबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीज्यूले सोमबार लेबननले सामना गरिरहेको वर्तमान सङ्कटका सन्दर्भमा इराकको दृढ समर्थन पुनः पुष्टि गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

उनले उक्त कुरा लेबनानका वित्तमन्त्री यासिन जाबेर र ऊर्जा तथा जलमन्त्री जो सादीसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा व्यक्त गरेका छन् । सो अवसरमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको बताइएको छ ।

प्रधानमन्त्री सुदानीले “इराकले लेबनानको सुरक्षा, सार्वभौमिकता तथा हाल भइरहेको इजरायली आक्रमणको प्रतिकारमा निरन्तर ऐक्यबद्धता र समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाउँछ” भन्ने धारणा राखेका थिए ।

लेबनानबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि आफ्नो सरकार इराकसँगको सहकार्य अझ सुदृढ गर्न इच्छुक रहेको स्पष्ट पार्दै, विशेष गरी दूरसञ्चार तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

Skip This
Skip This
Logo