काठमाडौं । भारतको आक्रमणमा पाकिस्तानका उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको एकै परिवारका १४ जना मारिएका छन् ।
जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको विज्ञप्तिमा अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरीको मृत्यु भएको जनाएको हो। साथै अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीमध्ये एककी आमा आक्रमणमा मारिएको उल्लेख गरिएको छ।
फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए ।





























प्रतिक्रिया