‘बारपाकमा पुनः निर्माण भएका घर मौलिक र प्राचीनयुक्त भएन’

‘बारपाकमा पुनः निर्माण भएका घर मौलिक र प्राचीनयुक्त भएन’

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सांसदहरुले गोरखाको बारपाकमा भूकम्पपछि पुनःनिर्माण भएका घरहरु मौलिक र प्राचीनयुक्त नभएको बताएका छन् ।

राष्ट्रियसभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षामा उनीहरुले पुनःनिर्माणमा ग्रामीण भेगको मौलिकता नपाइएको टिप्पणी गरेका हुन्।

समितिका सभापति मायाप्रसाद शर्माले भूकम्पपछिको पुनःनिर्माण अवस्थाबारे थाहा पाउनु र स्थानीय तहको भूमिका कस्तो छ ? पुनःनिर्माणपछिको सर्वसाधारणको धारणालगायतका कुरा थाहा पाउन संसद्को टोली बारपाक भ्रमण गएको जानकारी दिए ।

सांसद मदनकुमारी शाहले भवनको डिजाइन् र नक्सा समयमा आउन नसक्दा बर्षौँसम्म पालमा बस्नुपरेको र बारपाकमा अझै पुनःनिर्माण पूरा नभएको तथा भएका पुनःनिर्माणमा मौलिकता नभएको सर्वसाधारणको गुनासो रहेको बताइन् । “बारपाकमा तीन दलित परिवार अझै भूमिहीन रहेछन् । सरकारले सार्वजनिक भवन बनाउन रकम दिने तर जग्गा चाहीँ छैन । जग्गा किन्नलाई पहिला बजेट छुट्याउनुपर्ने होइन र ”, उनले भनिन्, “दशक बित्दा पनि पुनःनिर्माण सकिएन । अब जाजरकोटको भूकम्पपिडतको अवस्था पनि उस्तै हुने हो कि भन्ने चिन्ता छ ।”

सांसद पदमबहादुर परियारले बारपाकमा अझै चार घरको पुनःनिर्माण सम्पन्न नहुँदा अस्थायी आवासमा बसिरहेकाले चाँडोभन्दा चाँडो पुनःनिर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo