इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु, पाँच घाइते

इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु, पाँच घाइते

केन्द्रबिन्दु
0
Shares

जकार्ता । इन्डोनेसियाको मध्य जाभा प्रान्तमा आज बिहान एक दुःखद दुर्घटना भएको छ, जहाँ बालुवा बोकिरहेको ट्रक र सानो बस आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

सिलाकाप जिल्लास्थित खोज तथा उद्धार कार्यालयका प्रमुख अब्दुल्लाहका अनुसार यो दुर्घटना बिहान करिब ११ः३० बजे बेनेर उपजिल्लाको कालिजाम्बे गाउँमा भएको हो ।

उनका अनुसार ट्रक उकालो चढ्ने क्रममा असफल भएपछि ब्रेक फेल भई पछाडि सर्यो र सानो बसमा ठोक्किएर त्यसपछि नजिकैको एक घरमा ठोक्किएको थियो । “घटनापछि हाम्रो टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गर्यो,” अब्दुल्लाहले भने, “मृतक सबै जना सानो बसमा सवार यात्रुहरू थिए ।”

घाइते पाँचै जनाको उपचारका लागि पुरवोरेजो सामान्य अस्पतालमा लगिएको जानकारी पनि उनले दिएका हुन् ।

Skip This
Skip This
Logo