काठमाडौँ
छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्कनुभएको छ ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आउनु भएको र उहाँले लिनुभएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताउनुभयो । प्रधानमन्त्रीको उपचारमा पाँच दिन अघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।
(काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा सोमबार भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्य लाभपछि शुक्रबार साँझ निवास फर्कनु हुँदै । तस्बिरः रासस )
रासस































प्रतिक्रिया