काठमाडौं । साउदी प्रो लिगअन्तर्गत करिम बेञ्जेमा आबद्ध अल-इत्तिहादले क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल-नासरलाई हराएको छ । गएराति भएको खेलमा अल-इत्तिहादले अल-नासरमाथि ३(२ गोलअन्तरको जित दर्ता गरेको हो ।
खेलको सुरुवातमा अल-नासरले अग्रता लिएको थियो। खेलको तेस्रो मिनेटमै साडियो मानेले गोल गर्दै अल-नासरलाई १-० को अग्रता दिलाए । त्यसपछि ३७औं मिनेटमा आयमान याह्याले गोल गर्दै अल-नासरको अग्रता दोब्बर पारेपछि घरेलु टोली बलियो स्थितिमा देखिएको थियो।
तर, अल-इत्तिहादले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयाे । खेलको ४९औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै अल-इत्तिहादलाई खेलमा फर्काउने संकेत दिए। त्यसको तीन मिनेटपछि नै ५२औं मिनेटमा एनुगोलो कान्टेले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
खेल बराबरीमा धकेलिएपनि इन्जुरी समयमा हौस्सेम औआरले गोल गर्दै अल इत्तिहादलाई ३-२ को जित दिलाए । इत्तिहादका मौसा डियाबीले राताे कार्ड पनि खाएका थिए ।





























प्रतिक्रिया