काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन’ सार्वजनिक भएको छ । यो मार्मिक गीत शान्ता राईको शब्द रचना र स्वर्गीय बिक्रम राईको संगीतमा सजिएको छ।
पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेको यस गीतको मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका हुन्। ‘नछुट्टिने मन’ आपोमाली नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
यसअघि लोकप्रिय गायिका मेलिना राईको स्वरमा यही गीतको फिमेल भर्सन सार्वजनिक भइसकेको छ । भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एड्भाइजरसमेत रहेका स्वर्गीय बिक्रम राईको संगीत र सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा आएको यो गीतलाई स्रोताहरूले मन पराउनेमा गीतकार शान्ता राईले विश्वास व्यक्त गरेकी छन्।
‘नछुट्टिने मन’ ले प्रेम र वियोगको भावनालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ, जुन रोशन राईको भावपूर्ण आवाजमा अझ जीवन्त बनेको छ । संगीतकार बिक्रम राईको संगीत र शान्ता राईको शब्दले गीतलाई श्रोताको मन छुने बनाएको छ।































प्रतिक्रिया