पाकिस्तानको आक्रमणमा भारतीय सेनाका लेसनायकसहित १५ जनाभन्दा बढीले गुमाए ज्यान

पाकिस्तानको आक्रमणमा भारतीय सेनाका लेसनायकसहित १५ जनाभन्दा बढीले गुमाए ज्यान

केन्द्रबिन्दु
966
Shares

काठमाडौं । भारत र पाकिस्तानको युद्ध चर्किँदो छ । भारतीय सेनाले बुधबार आक्रमण सुरु गरेसँगै पाकिस्तानले पनि जवाफ दिन थालेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा भारतीय सेनाका लेसनायकसहित १५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको हो । साथै सीमा क्षेत्रमा भएकाे गोलीबारीमा अन्यले ज्यान गुमाएका छन् ।

बुधबार बिहान १:०५ बजेदेखि बिहान १:३० बजेसम्म ‘अपरेशन सिन्दूर’ले पाकिस्तानका नौ निशानामा कारबाही गरिएको थियो । तर कुनै पनि पाकिस्तानी सैन्य प्रतिष्ठानलाई लक्षित गरिएको भने थिएन । भारतले यस अपरेसनमा १०० भन्दा बढी आतंककारीहरूलाई मारेको दाबी गरेको छ। यो अपरेसन कथित रूपमा पहलगाममा भएको हालैको आतंकवादी हमलाको बदला थियो, जसमा एक नेपालीसहित २६ जना मारिएका थिए।

यस आक्रमणमा पाकिस्तानले उपयुक्त समय र स्थानमा भारतविरुद्ध बदला लिने सङ्केत गरेको छ।

Skip This
Skip This
Logo