प्रदेश मन्त्री स्थापितले बिबादबारे मुख खोले

प्रदेश मन्त्री स्थापितले बिबादबारे मुख खोले

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानको विकल्प नभएको बताएका छन् । 

पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट पारे । 

काठमाडौं महानगरका पूर्व मेयर समेत रहेका मन्त्री स्थापितमाथि मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज गरेको आरोप लागेको थियो  । बुधबार बसेको प्रदेश–३ को मन्त्रिपरिषद्को बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्रीमाथि दुव्यर्वहार गरेको बताइएको छ ।

बैठकमा एजेण्डाहरुमाथिको छलफल सकिएपछि स्थापतिले बोल्नका लागि समय मागेका थिए । बोल्ने क्रममा स्थापितले मुख्यमन्त्रीले आफ्नो कामको आलोचना गर्दै हिडेको आरोप लगाएका थिए । त्यक्तिकैमा मुख्यमन्त्री पौडेलले प्रतिवाद गर्दै स्थापितको काम सन्तोषजनक नभएको बताएका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितको मन्त्रालयमा सबैभन्दा धेरै बजेट रहेको, पर्फरमेन्स कम भएको र बजेटको चौमासिक हुँदासमेत कार्यप्रगति नदेखिएको भन्दै स्थापितको आलोचना गरेका थिए । लगत्तै स्थापितले ‘बेकारको आरोप किन लगाउनु हुन्छ’ भन्दै आक्रोश पोखेका थिए ।

त्यसपछि पौडेलले भने ‘तपाईंको मन्त्रालयको पर्फरमेन्स जिरो छ। तपाईंको ध्यान काममा छैन ।’ पौडेलको जवाफपछि आक्रोशित हुँदै स्थापितले मुख छाडेका हुन् । ‘उहाँले मुख छाड्नुभयो बोल्न थालेपछि रोकिनु भएन ।’ ति मन्त्रीले भने । गाली गर्नुका साथै स्थापितले मुख्यमन्त्री पौडेललाई च्यालेन्ज नै दिएका थिए । स्थापितले मुख्यमन्त्रीलाई दुव्र्यवहार गरेका थिए । ‘बोलीचालीमा भएका सबै गाली गर्नुभयो’, ती मन्त्रीले भने, ‘उहाँले मुख्यमन्त्रीलाई दुर्व्यवहार गर्नुभयो ।’

स्थापितको दुव्र्यवहारपछि मुख्यमन्त्री पौडेल उनलाई मन्त्रिपरिषदमा नराख्ने निष्कर्षमा हुन् । उनलाई हटाउने विषयमा नेकपा नेतृत्वसँग परामर्श गर्न पौडेल काठमाडौं आएका छन् ।

Skip This
Skip This
Logo