काठमाडौं । पाकिस्तानले भारतमाथि ड्रोन र मिसाइल आक्रमण गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार राति ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो । यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।
यद्यपी भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ ।
आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ। साथै राजस्थानका बाड़मेर, जैसलमेर, जोधपुर लगायतका सीमावर्ती जिल्लाहरूमा पनि ब्ल्याकआउट गरिएको जनाइएको छ । हालसम्म क्षतिको विवरण भने आइसकेको छैन ।





























प्रतिक्रिया