‘नरसिंहा अवतार’मा देखिए महानायक राजेश हमाल, ट्रेलर सार्वजनिक भएलगत्तै ट्रेन्डिङमा

‘नरसिंहा अवतार’मा देखिए महानायक राजेश हमाल, ट्रेलर सार्वजनिक भएलगत्तै ट्रेन्डिङमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमबीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

३ मिनेटभन्दा लामो ट्रेलरमा हमाललाई ‘नरसिंहा अवतार’को रुपमा देख्न पाइन्छ । उनले बोलेको डायलग ‘पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहनेछु युगदेखि युगसम्म…’ अहिले निकै भाइरल भइरहेको छ । उनलाई अन्याय र अत्याचारविरुद्ध लड्ने पात्रको रुपमा प्रस्तुत गरिएको छ । उनले फिल्मी क्षेत्रमा करिब ८ वर्षपछि कमब्याक गरेका हुन्, त्यसकारण पनि दर्शकमाझ यो फिल्म प्रतीक्षित छ ।

ट्रेलरमा फिल्मको एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित रुप देख्न सकिन्छ । यस फिल्ममा हमालका अलावा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

ट्रेलर सार्वजनिक भएको केही घण्टामै युट्युवको ट्रेण्डिङमा उक्लिसकेको छ । ‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

Skip This
Skip This
Logo