बारा

जुवा खेलिरहेको अवस्थामा बुधवार राती निजगढ नगरपालिकाको सिगौलबाट होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना पक्राउ परेका छन् । "/>

होटल व्यवसायी संघका अध्यक्ष सहित २२ जुवाडे पक्राउ

होटल व्यवसायी संघका अध्यक्ष सहित २२ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

बारा

जुवा खेलिरहेको अवस्थामा बुधवार राती निजगढ नगरपालिकाको सिगौलबाट होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना पक्राउ परेका छन् ।

ठूलो संख्यामा जुवा खेलिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामा सहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

केही दिन देखि ठूलो संख्यामा जुवा खेलिरहेको र लाखौंको हारजित हुने गरेको खबर आएपछि प्रहरीले निगरानी बढाउँदा बुधवार राती होटल व्यवसायी संघका जिल्ला अध्यक्ष लामिछाने सहित यस क्षेत्रका धेरै जुवाडेहरु पक्राउ परेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

उनका अनुसार प्रहरीले जुवाडेलाई पक्राउ गर्ने क्रममा जुवाको खालबाट दुई लाख ३० हजार नगद बरामद गरेको छ भने पक्राउ परेका सबैलाई १० दिनको म्याद थपेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
नागरिकबाट

 

Skip This
Skip This
Logo