रौतहट
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई जिल्ला अदालत रौतहटले बिहीवार राज्य विरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको एकल इजलासले राउतलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो ।
राज्य विरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिन देखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा अनुसन्धानको क्रममा रहेका छन् । राउतसंगै जिल्ला गठबन्धनका रौतहट जिल्ला संयोजक अशोक सिंह, विरेन्द्र दास, जयप्रकाश कुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।
अदालतले थप १५ दिन थुनामा राख्ने आदेश दिएपछि राउतले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा न्यायालय नभएको र अदालत मात्रै भएकोले अदालतबाट आउने आदेशको बारेमा आफूलाई पहिले नै थाहा रहेको बताएका छन् । अदालतबाट न्याय पाउन कठिन रहेको बताउदै सामान्य तारेखमा हाजिर हुन आएको मानिसलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेर अनावश्यक मुद्दा चलाएकोमा दुःख लागेको उनको भनाई छ ।
नागरिकबाट































प्रतिक्रिया