निसुम शुक्र चङ्बाङ/मलेसिया । प्रवासी मेमेङ समाज मलेसियाले एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका ३ ताङ्लेपाका बाल कुमार केरुङ लिम्बूको छोरी ११ वर्षीया अमिसा केरुङको उपचारको लागि प्रवासी मेमेङ समाज मलेसियाले ५ लाख ६ हजार ८ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
मृगौलाको रोग पीडित अमिसाको विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर रहेका अमिसाको परिवारलाई प्रवासमा संकलन गरिएको रकम नेपालमा रहेको आफ्नो सम्पर्क समिति मार्फत हस्तान्तरण गरिएको हो ।
फालेलुङ गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालयमा प्रवासी मेमेङ समाज मलेसियाका नेपाल सम्पर्क समितिका अध्यक्ष महेन्द्र लिम्बू केरुङले उक्त रकम वडाअध्यक्ष वीर बिक्रम थाम्सुहाङलाई हस्तान्तरण गरेका हुन् ।
बिरामीका आमाबाबु विरामीसँगै विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै रहेकाले अमिसाका हजुरबाबालाई उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष लिम्बूले बताए । यो भन्दा अगाडी पनि दुःखमा परेकाहरु विभिन्न चरणमा सहयोग प्रदान गर्दै आईरहेको प्रवासी मेमेङ समाज मलेसियाले जनाएको छ ।































प्रतिक्रिया