काठमाडौं । ओली एण्ड एसोसिएट्सले अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालय (एसियु) को सहकार्यमा आयोजना गरेको ‘पिच योर बिजनेस आइडिया २०२४’ कार्यक्रम भव्य सफलताका साथ सम्पन्न भएको छ ।
‘पिच योर बिजनेस आइडिया सिजन १- २०२४’ ले देशभरिका नवप्रवर्तनशील सोच भएका युवाहरूको उत्साहजनक सहभागितामा उत्कृष्ट व्यापारिक विचारहरूको प्रस्तुति गरेकाे थियाे ।
नेपालभर रहेका ओली एण्ड एसोसिएट्सका शाखाहरूको समन्वयमा सञ्चालन भएको यो सिजनमा देशभरबाट संकलित नवीन र सिर्जनात्मक विचारहरूलाई काठमाडौंमा आयोजित फाइनल कार्यक्रममा प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा एसियुका उच्च पदस्थ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा ५०० भन्दा बढी विचारहरूबाट छानिएका उत्कृष्ट १२ युवा उद्यमीहरूले आफ्नो मौलिक व्यापारिक योजनाहरू निर्णायक र दर्शकमाझ प्रस्तुत गरेका थिए । अडिसन राउन्डबाट चुनिएका यी १२ सहभागीहरूले आफ्नो नवीन सोचलाई आत्मविश्वासका साथ प्रस्तुत गर्दा कार्यक्रम नवप्रवर्तन र रचनात्मकताको संगम बनेको थियो।

बजारका अनुभवी व्यक्तित्वहरूको टोलीले प्रत्येक प्रस्तुतिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गर्नुका साथै उनीहरूलाई महत्त्वपूर्ण सुझाव र मार्गदर्शन प्रदान गरेकाे थियाे । यसले युवा उद्यमीहरूलाई आफ्नो व्यवसायिक सपनालाई साकार पार्न थप हौसला प्रदान गरेको थियो।
यो कार्यक्रम केवल विचारहरूको प्रस्तुति मात्र नभएर नयाँ सम्भावनाहरूको खोजी र प्रेरणाको आदानप्रदान गर्ने साझा प्लेटफर्म बनेको थियो।
शैक्षिक परामर्शको क्षेत्रमा एक प्रतिष्ठित नामको रूपमा स्थापित ओली एण्ड एसोसिएट्सले विद्यार्थी र नयाँ उद्यमीहरूलाई सही दिशा र सहयोग प्रदान गर्न सदैव अग्रसर भूमिका निर्वाह गर्दै आएको छ। त्यस्तै, नवप्रवर्तन र उत्कृष्टताको पर्याय मानिने एसियुको सहकार्यले रचनात्मकता र उद्यमशीलताको संस्कृतिलाई थप प्रवर्द्धन गर्न मद्दत पुर्याएको छ ।
अब आगामी सिजन २ को घोषणासँगै कार्यक्रमले थप उत्सुकता जगाएको छ।































प्रतिक्रिया