File Photo
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुध्रिँदै गएको छ । छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको हो । अब उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् ।
प्रा. डा. उत्तम कृष्ण कुमार श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको भन्दै अब डिस्चार्जको लागि आन्तरिक छलफल गरिरहेको बताए । उनले बिहीबारको नियमित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गर्नुभएको छ भन्ने ठानेका छौं । डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौं तर टुंगो लगाएका छैनौं ।’
रगतको रिपोर्ट पनि नर्मल भएको उनको दाबी छ । अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख छ ।
प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ।































प्रतिक्रिया