‘केई एक्सचेन्ज कार्निभल’काे दोस्रो दिनः ईभीप्रेमीहरू थप उत्साहित

‘केई एक्सचेन्ज कार्निभल’काे दोस्रो दिनः ईभीप्रेमीहरू थप उत्साहित

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि थापाथली, काठमाडौंमा सुरु गरेको “केई एक्सचेन्ज कार्निभल २०८२” को दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ ।

कार्निभलमा ग्राहकका लागि ईक्विट ०२, ईक्विट ०४ र एक्स थ्री प्रो ईभीलगायतका मोडेलमा आकर्षक अफर राखिनुका साथै ईक्विट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्स थ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मसिन सित्तैमा प्राप्त गर्न सक्नेछन्।

केई शोरूम नजिक र हुन्डाई शोरूमको ठीक अगाडि आयोजित यो कर्निभलले ग्राहकहरूलाई स्मार्ट, किफायती र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्न अभूतपूर्व अफरहरू ल्याएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त कार्निभलले नेपाली ग्राहकहरूलाई सुविधाजनक, किफायती र उत्सवमय तरिकाले विद्युतीय सवारीको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

वैशाख २८ गतेसम्म मात्र चल्ने यो कर्निभलमा विशेष छुट पाइनुका साथै केईका प्राविधिक विशेषज्ञहरूबाट विद्युतीय सवारीका फाइदाहरूबारे विस्तृत जानकारी लिन र केईका विभिन्न मोडेलहरूको टेस्ट ड्राइभ गरी आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्ने अवसर पाइने केई नेपालकी मार्केटिङ अफिसर अंकिता आचार्यले बताइन् ।

कार्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको उचित मूल्यांकन गरी सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध गराइनेछ। साथै, केईले कार्निभल अवधिभर विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।

Skip This
Skip This
Logo