काठमाडौं । स्पेनिस लिग ला लिगामा एट्लेटिको म्याड्रिडले सानदार जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
एट्लिटिकोको जितमा नर्वेजियन स्ट्राइकर अलेक्जेन्डर सोर्लोथले ह्याट्रिकसहित ४ गोल नै गरे। उनले खेलको ७औं, १०औं र ११औं मिनेटमा लगातार तीन गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । पहिलो हाफको ३०औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे।
खेलमा एट्लेटिको म्याड्रिडले सुरुदेखि नै दबदबा कायम गरेको थियो। रियल सोसिडाडले खेलमा फर्किने प्रयास गरे पनि एट्लेटिकोको प्रदर्शनसामू निरीह रह्यो ।
यो जितसँगै एट्लेटिको म्याड्रिडले लिग तालिकाको शीर्ष चारमा आफ्नो स्थान थप सुरक्षित गरेको छ । एट्लेटिको ३५ खेलमा ७० अंकसहित तेस्रो स्थानमा रहेको छ । यता रियल सोसिडाडलाई भने यो हारले युरोपा लिगमा स्थान बनाउने होडमा धक्का पुगेको छ।































प्रतिक्रिया