काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् । "/>

चोर र डाँकाले भरिंदै काठमाडौंका हिरासत कक्ष

चोर र डाँकाले भरिंदै काठमाडौंका हिरासत कक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् ।

चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।

नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुट बाहेक चोरीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे । यसपटक त्यति भएनन् । यसका पछाडि केही कारण छन् । त्यो के भने भए जति सबै चोर प्रहरी नियन्त्रणमा रहनु । यसपटक हामीले चोरीसँगै डकैत घटनामा संलग्न पटकेहरूलाई पनि नियन्त्रणमा लिएका छौँ ।’

परिसरका अनुसार यसपटक पटके र नयाँ सहित ७७ चोर पक्राउ गरिएको छ । त्यस मध्ये ३९ पटके हुन् । बाँकी ३८ नयाँ चोर छन् । त्यस्तै प्रहरीले यही अवधिमा ४३ पाकेटमार पक्रा गरेको छ । लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । सबै गरी परिसर मातहतका हिरासत कक्षमा अहिले चोर र पाकेटमारको संख्या १ सय १४ पुगेको छ ।
नयाँ पत्रिकाबाट

Logo