पुटिनले युक्रेनसँग युद्ध चर्किएको ३ वर्षपछि गरे प्रत्यक्ष वार्ताको प्रस्ताव

पुटिनले युक्रेनसँग युद्ध चर्किएको ३ वर्षपछि गरे प्रत्यक्ष वार्ताको प्रस्ताव

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेका छन्। युद्ध चर्किएको ३ वर्षपछि रुसी राष्ट्रपति पुटिनले पहिलोपटक आइतबार युक्रेनसँग मे १५ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेका हुन् ।

रोयटर्सका अनुसार उनले यो वार्ता दिगो शान्ति स्थापना गर्ने र युद्धको मूल कारणहरूलाई हटाउने उद्देश्यले हुनुपर्ने बताएका छन्।

पुटिनले फेब्रुअरी २०२२ मा हजारौं सैनिकहरूलाई युक्रेनमा पठाएर युद्ध सुरु गरेका थिए । यस युद्धमा लाखौं सैनिकहरूको ज्यान गएको छ । यसलाई सन् १९६२ को क्युबा मिसाइल संकटपछि रुस र पश्चिमबीचको सबैभन्दा गम्भीर टकराव उत्पन्न भएको मानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सार्वजनिक र निजी दबाब र युरोपेली शक्तिहरूबाट बारम्बार चेतावनीका बीच पुटिन द्वन्द्वको मूल कारणहरूलाई हटाएर दीर्घकालीन र स्थायी शान्ति पुनर्स्थापना गर्न प्रयासमा रुसले युक्रेनसँग इस्तानबुलमा प्रत्यक्ष वार्ता गर्न तयार भएका हुन् । ‘हामी कीभलाई कुनै पनि पूर्व शर्त बिना प्रत्यक्ष वार्ता पुनः सुरु गर्न प्रस्ताव गरिरहेका छौं,’ पुटिनले आइतबार बिहान क्रेमलिनबाट भने।

पुटिनले टर्कीका राष्ट्रपति तैयप एर्दोगानसँग आइतबार पछि वार्तालाई सहज बनाउने बारेमा कुरा गर्ने बताए, जसले युद्धविरामको नेतृत्व गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo