काठमाडौं । भदौैं २४ बाट प्रर्दशन भएको चलचित्र ‘रामकहानी’ लाई दर्शकहरुले निकै रुचाएका थिए । नेपालमा यो चलचित्र हिट भएसँगै अब रामकहानी युकेमा पनि प्रर्दशन हुने तयारीमा छ । "/>

‘रामकहानी’ अब युकेमा पनि प्रर्दशन हुने

‘रामकहानी’ अब युकेमा पनि प्रर्दशन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भदौैं २४ बाट प्रर्दशन भएको चलचित्र ‘रामकहानी’ लाई दर्शकहरुले निकै रुचाएका थिए । नेपालमा यो चलचित्र हिट भएसँगै अब रामकहानी युकेमा पनि प्रर्दशन हुने तयारीमा छ ।

पछिल्लो क्रम विदेशमा नेपाली चलचित्रको मार्केट फस्टाउँदै जाँदा एकपछि अर्को गर्दै हरेक महिना जसो नेपाली चलचित्रहरु प्रर्दशन हुने क्रम बढ्दो छ । यही क्रममा सुर्दशन थापा निर्देशित रामकहानी युकेको विभिन्न शहरहरुमा प्रर्दशन गरिने बताइएको छ । ४ नोभेम्बरमा एम्पायर हल एल्डरसुट, ११ नोभेम्बरमा हाउनस्लो, १७ नोभेम्बरमा मेडस्टोन, र १ डिसेम्बरमा सुइन्डोन लगायतका शहरमा चल्ने तय भएको छ ।

पूजा शर्माले निमार्ण गरेको यस चलचित्रलाई बनिस शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यस चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

Skip This
Skip This
Logo