काठमाडौं । विश्वप्रसिद्ध टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको छ ।
काभ्रेपलाञ्चोकको पनौतीमा पछिल्लो समय होमस्टेको सेवा दिने संस्कृतिको राम्रो विकास भएको छ । पनौती बजारलाई हालसालै युनेस्कोको अनुमानित स्थलको रुपमा पनि नामाङ्कन गरिएको छ ।
टाइम म्यागेजिनका राहेल लीसले पनौतीको अद्भुत होमस्टे कल्चरको प्रशंसा गर्दै “एक पटकका लागि बास बस्नोस् र सधैंका लागि साथी भएर जानोस्” भनी वाक्य लेखेका छन्। त्यहाँकी एकल महिला मिना कोईरालाले आत्मनिर्भर रहनका लागि होमस्टे शुरु गरेको कुरा उनले लेखेकी छन् ।
पर्यटकहरुसँग घुलमिल हुने र मौलिक नेवारी परिकारहरुको बारेमा चर्चा गर्ने कोइरालाको आत्मीय व्यवहारको लीसले सराहना गरेका छन् । म्याग्जीनको लिस्टमा मेक्सिको, जिम्बाबे, ग्रीनल्याण्ड लगायतका भौतिक सुविधा सम्पन्न ठाउँहरु राखिएका छन् ।
सन् २०१२ मा कोइरालाले एक्लै सुरुवात गरेकी होमस्टे हाल सामुदायीक होमस्टे नेटवर्क मार्फत १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् । त्यहाँका परम्परागत शैलिका सफा र सुन्दर घरहरूले वासका लागि पर्यटकलाइ लाेभ्याउने गर्दछ ।
होमस्टेमार्फत् स्थानीय समुदायसँग सिधा सम्पर्कमा आउने पर्यटकहरूले नेपालको दिगो पर्यटन र संस्कृति संरक्षणमा सहयोग पुर्याइरहेको छ ।































प्रतिक्रिया