नेपालमा पहिलोपटक ‘राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर’ हुँदै

नेपालमा पहिलोपटक ‘राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर’ हुँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालमा पहिलो पटक ‘राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर’ आयोजना हुने भएको छ।

भगवती मानव कल्याण संगठनले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी जेठ २ र ३ गते (शुक्रबार र शनिबार) पशुपत क्षेत्रस्थित पार्किङ ग्राउण्डमा निःशुल्क सामूहिक नशामुक्ति कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हाे ।

संगठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्राले शिविरमा नशामुक्तिका लागि देश–विदेशबाट ३० हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने दाबी गरेका छन्। उनका अनुसार भगवती मानव कल्याण संगठन एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टका संस्थापक–सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको सानिध्यमा हजारौं मानिस एकसाथ नशामुक्त हुनेछन्।

संगठनकी नेपाल शाखा प्रमुख डा. मिनु सिग्देलले माता भगवती आदिशक्ति जगत जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको गुढ रहस्यबारे शिविरमा जानकारी गराइने बताइन्।

एक ऋषिको सानिध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवम् कुण्डली शक्तिको माध्यमबाट साधना पथमा अघि बढ्ने ऐतिहासिक एवम् दुर्लभ अवसर प्राप्त हुने उनको भनाइ छ। शिविरमा उपस्थित जनसमुदायलाई ऋषिवर सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवम् चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उनले बताइन्।

संगठनका प्रचारमन्त्री नारायण सेंढाईका अनुसार दुई दिवसीय कार्यक्रमको पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविर आयोजना गरिनेछ। दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ।

साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ भने कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ। शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिने र यसले नशाको लत तथा मानसिक तनावबाट मुक्ति प्रदान गर्नुका साथै ठूला बिमारीमा समेत सहायक सिद्ध हुने बताइएको छ।

Skip This
Skip This
Logo