महेन्द्रनगर

निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मंगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ । "/>

थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाडौं पठाईयो : निर्मला हत्या प्रकरण

थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाडौं पठाईयो : निर्मला हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर

निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मंगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा आएका ४ जनाको नमूना संकलन गरिएको छ, उक्त नमूना आज नै परिक्षणका लागि काठमाडौँ पठाएका छौँ, ।’ डीएसपी ओझाले भने । घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरू माथि प्रहरीले डीएनए परीक्षण गर्न थालिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ । प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो । यसअघि पनि ५ जनाको नमूना परीक्षण भइसकेको छ । प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडु, तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीनपाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको नमुना परीक्षण गरेको थियो ।

घटना भएको तीन महिना भन्दा बढि समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सात वटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo